झापा । सरकारले कर्मचारी कर्मचारी बिच विभेद गरेको भन्दै अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेपछि उनीहरू अहिले विभिन्न मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
आफ्नो मागहरू पूरा गर्नुपर्ने भन्दै अहिले स्थानीय तहमा कार्यरत कर्मचारी स्थानीय तहदेखि सिंहदरबारसम्म सरकारको ध्यानाकर्षण गराउन विगत ९ दिन अघिदेखि आन्दोलित भइरहेका छन् ।
सोही क्रममा काठमाडौंमा सोमबार सरकारले प्रशासन लगाएर आन्दोलनरत कर्मचारीमाथि प्रहरीले दमन गरेपछि अहिले मेचीनगरसहित देशैभरका कर्मचारी थप आन्दोलित भएका छन् ।

आन्दोलनलाई थप सशक्त बनाउन मेचीनगरबाट पनि स्थानीय तह कर्मचारी हकहीत संघर्ष समिति मेचीनगर संयोजक इश्वरी प्रसाद भट्टराईको नेतृत्वमा टोलि काठमाडौंमा रहेको छ ।
अहिले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनमा काठमाडौंमा रहेका कर्मचारी हकहीत संघर्ष समिति मेचीनगर संयोजक भट्टराईले कर्मचारीहरूको जायज मागप्रति सरकार सकरात्मक हुनुको साटो उल्टै प्रहरी परिचालन गरि दमन गर्नु गलत भएको बताए ।
उनले सरकारले यथाशिघ्र कर्मचारीको माग सम्बोधन गर्नुपर्ने बताए । उनले यदी सरकारद्वारा कर्मचारीको मागको बेवस्था गरे आन्दोलन थप सशक्त पार्ने चेतावनी समेत दिए ।


