झापा । नेपाल सरकार युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले बजेट जताभावि वितरण गर्नाले देशको खेलकुद पूर्वाधार विकासमा उल्लेख्य उपलब्धी गर्न नसकिएको बताएका छन् ।

अहिले वितरण गरिदै आएको स–साना रकमले खेलकुद पुर्वाधार विकासमा उपलब्धी सम्भव नहुने बताउँदै उनले आवश्यकताको आधारमा योजना छनोट गरी दिर्घकालिन रुपमा हुनेगरी आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए ।
बुधबार झापाको मेचीनगरमा नेपाली कांग्रेस पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बेधन गर्दै मन्त्री लिम्बुले खेलकुदको पुर्वाधार विकासमा संघिय सरकारसंगै प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य रहेको बताए ।

जिवनको उर्भर समय राष्ट्रका लागि खेलकुदमा बेतित गर्ने खेलाडीहरु पछिल्लो समय आफ्नो भविष्य खेल क्षेत्रमा सुनिश्चि नदेख्दा थुप्रै खेलाडीहरु पलायन भइरहेका छन् । त्यसलाई रोक्नका लागि सरकारले खेलाडीहरुलाई सौलियतमा ऋण उपलब्ध गराउने योजना रहेको मन्त्री लिम्बुको भनाई छ ।
कार्यक्रममा जिल्ला स्थित नेपाली कांग्रेस पार्टीका नेतृत्व, विभिन्न खेलकुद जन्य संघसंस्थामा आबद्ध खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

