संघ \संस्था

चाडपर्व मर्यादित र सभ्य ढंगले मनाउन नगरप्रमुख बुढाथोकीको आग्रह

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले मर्यादित र सभ्य ढंगले नेपालीहरुको दोस्रो ठुलो महान पर्व शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्व २०८० मनाउन आग्रह गरेको छ ।

आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले एक शुभकामना सहितको सन्देश पत्र निकाल्दै मर्यादित र सभ्य ढंगले तिहारलगायतका चाडपर्व मनाउन नगरबासीलाई आग्रह गरेका हुन् । शुभकामना सहितको सन्देश पत्र यस्तो छ ।

नेपालीहरुको महान चाड तिहार (दीपावली), नेपाल संवत ११४४ तथा छठ पर्व २०८० को अवसरमा सम्पूर्ण नगरबासी आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनी लगायत सबैमा सुख, शान्ति, समृद्धि , सुस्वास्थ्य एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । साथै तिहार तथा छठ पर्व मनाउदा देहाय अनुसारको संस्कृतिको जगेर्ना गर्न र शान्ति सुरक्षा सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण नगरबासीमा अनुरोध गर्दछौ

देहाय
१. तिहार (दिपावली) तथा छठ पर्व खुशियालीको पर्व भएकोले आफुले खुशियाली मनाउदा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय, र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउने ।

२. देउसी भैलो लगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र गर्ने र देउसी भैलो कार्यक्रममा दक्षिणाको रुपमा अधिकतम रु.१५१ः०० कायम गर्ने।
३. तिहार (दिपावली) तथा छठ पर्व मनाउने क्रममा पटका, आतिशबाजी जस्ता विस्फोटक तथा अति प्रज्वलनशील पदार्थ आयात, बिक्री वितरण ओसार पसार तथा प्रयोग नगर्ने नगराउने ।
४. जुवातास खेल्ने खेलाउने जस्ता कानुन अनुसार निषेध गरिएका क्रियाकलापहरु नगर्ने नगराउने, यस्ता कार्य भए गरेको पाइएमा त्यस्ता कार्यमा संलग्नलाई कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।