मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टा स्थित देवकोटा पार्कले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्म जयन्ती भव्यताका साथ मनाइएको छ । पार्क व्यवस्थापन समितिले आइतबार काँकरभिट्टामा महाकवि देवकोटाको जन्मोत्सव भव्य रुपमा मनाइएको हो ।

बिगतका बर्षहरुमा पनि धुमधामका साथ महाकवि देवकोटाको जन्मजयन्ती मनाउँदै आएकोमा देवकोटा पार्कले त्यसलाई निरन्र्ता दिर्दै यसबर्ष पनि धुमधामका साथ मनाएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रा.डा.गंगाप्रसाद अधिकारीले गरेका थिए ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अधिकारी, संविधान सभासदस्य रविन कोइराला, कोशी प्रदेश सभा सदस्यद्वय गोपाल तामाङ, सबिना बजगाई, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका झापा सभापति उमेश खरेल, नेकपा एमालेका नगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, राप्रपाका नगर उपाध्यक्ष होम विष्ट, लगायतले महाकवि देवकोटाको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु तुलसीप्रसाद भट्टराई, मीना अधिकारी, हरिनारायण भट्टराई, दुर्गाप्रसाद सिग्देल, कनक कार्की, मात्रिका संग्रौलालगायतले कविता र गजल बाचन गरेका थिए ।
देवकोटा पार्क व्यवस्थापनका कार्यक्रम संयोजक बालकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रविण बानियाँले र सञ्चालन सचिव शेखर थापा काजीले गरेका थिए ।


