कमल । भारतीय सेनाका रिटायर्ड क्याप्टेन वीर विक्रम थाम्सुहाङले थाम्सुहाङ सेवा समाज माई माव इकाई समितिलाई आर्थिक सहयोग गरेका छन् ।
बुटाबारी निवासी थाम्सुहाङ सेवा समाज झापा जिल्ला कमिटी सचिव लोकु थाम्सुहाङ तथा सिक्किम गान्तोक निवासी निर्मल थाम्सुहाङ (कुमार) का पिता लामो समय सम्म भारतीय सेनामा सेवारत रहेर हाल वेस्ट बङ्गाल भारतमा आफ्नो रिटायर्ड जिवन विताई रहेका क्याप्टेन वीर विक्रम थाम्सुहाङले थाम्सुहाङ सेवा समाज माई इकाई समितिको कार्यालय व्यवस्थापन सहयोगार्थ नगद रु १५ हजार आर्थिक सहयोग गरेका हुन् । उनले समितिका अध्यक्ष्य चन्द्र थाम्सुहाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

