झापा । कोशी प्रदेश स्तरिय अन्तर विद्युत वितरण केन्द्र नक-आउट फुटबल प्रतियोगिताको उपाधि धुलाबारी वितरण केन्द्र झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको रंगेली विद्युत वितरण केन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक धुलाबारी वितरण केन्द्रले उपाधि जितेको हो । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रदेश स्तरिय फुटबल प्रतियोगिताको उपाधि Read More…
Year: 2023
झापाबाट गायिका बन्न काठमाडौँ पुगेकी वीणा भट्टराईको यस्तो छ सङ्घर्षको कथा
विष्णुप्रसाद पोखरेलदमक । झापा दमक नगरपालिका- ९ स्थायी बासिन्दा वीणा भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । विद्यालयमा जाँदै देखि उनी नाच्ने र गाउने गर्थिन । आफ्नै साथी र शिक्षक÷शिक्षिकाले हौसला दिएपछि उनलाई एक दिन आफू साँच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ । आमा अम्बिकादेवीले आफूलाई सानै उमेरदेखि गाउन हौसला दिएकी भट्टराई सम्झिन्छिन् Read More…
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल साउन २७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना Read More…
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन मेचीनगर अध्यक्षमा बुढाथोकी, सचिवमा निरौला
मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्षमा जितेन्द्र बुढाथोकी निर्वाचित भएका छन् । तीन बर्षे कार्यकालको लागि आज भएको निर्वाचनमा अध्यक्षका प्रतियाशी कमल प्रसाद शर्मालाई पराजित गर्दै बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । १३८ जना मतदाता रहेको कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर मध्ये ९३ जनाले मतदान गरेका थिए । जसमा २ मत Read More…
मेचीनगर : राजनीतिमा युवा नेतृत्व र महिला सहभागिताका विषयमा अन्तरक्रिया
मेचीनगर । राजनीतिमा युवा नेतृत्व तथा महिला सहभागिताका विषयमा मेचीनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा शुक्रबार मेचीनगर महिला सञ्जालले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका विभिन्न विद्यालयका विद्यार्थीले राजनीतिमा युवा नेतृत्व तथा महिला सहभागिताका विषयमा गम्भीरतापूर्वक आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनीहरुले आफ्नो धारणा प्रस्तुत गर्दै राजनीति Read More…
महिलाहरुकै नेतृत्वमा मेचीनगरमा उपभोक्ता जागरण अभियान गठन
मेचीनगर। सम्भवत नेपालमा नै पहिलो पटक निजीस्तरबाट आम उपभोक्ताहरुको हितका लागि मेचीनगरमा महिलाहरुकै नेतृत्वमा उपभोक्ता जागरण अभियान नेपाल झापा शाखा अन्तरगतको पालिकास्तरीय समिति गठन गरिएको छ । आज मेचीनगर–६ स्थित काँकरभिट्टामा आयोजित एक भेलाले समाजसेवी महिला नेतृ रचना घिमिरेको नेतृत्वमा ९ सदस्यीय महिलाहरुकै नेतृत्वमा उपभोक्ता जागरण अभियान नेपाल झापा शाखा अन्तरगतको मेचीनगर नगर समिति गठन Read More…
विद्यार्थीलाई गाडी भाडामा छुट दिने सहमति
मेचीनगर । सरकारले विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५% ले हुने छुट दिनेलगायतका विषयमा यातायात व्यवसायी र विद्यार्थीबीच सहमति भएको छ । पूर्व मेची बस व्यवसायी प्रालिको सभाकक्षमा विहीबार विद्यार्थी नेता र व्यवसायीबीच यस्तो सहमति भएको हो । लामो समयदेखि बस चढ्ने विषयमा विद्यार्थीले समस्या भोग्दै आएका थिए । अब दुईपक्षबीचको छलफलबाट विद्यार्थीको Read More…
खाल्डोमा डुबेर दुई बच्चाको मृत्यु
झापा । झापाको कनकाई नगरपालिकामा दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा कनकाई १ स्थित सृजना टोल निवासी विजय भुजेलको ४ वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीको ३ वर्षीय छोरा कुमार जोगी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका डीएसपी रिजालका अनुसार बिहीबार बेलुका Read More…
शिक्षा ऐन संशोधन गर्न मेचीनगरमा पनि आन्दोलन
मेचीनगर । सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले संघीय शिक्षा ऐन निजी बिद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी संसदमा पेश गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सरकारले संसदमा पेश गर्न लागेको संघीय शिक्षा ऐनमा हाल सञ्चालित निजी विद्यालयहरु पाँच वर्षमा सबै फरफारक गर्दै Read More…










