राजनीति

जनताका समस्या बोकेर कांग्रेस पुग्यो मेचीनगरका वडा कार्यालयमा

धुलाबारी । नेपाली कांग्रेस मेचीनगर वडा नं. १० समितिले वडा कार्यालयमा ४५ बुँदे मागपत्र बुझाएको छ । आर्थिक वर्ष २०८०−०८१ को प्रस्तावित नीति तथा कार्यक्रममा वडाका योजना समेट्न सुझावसहितको माग पत्र वडाध्यक्ष नारायण खनाललाई बुझाएको हो । कांग्रेसको वडा नं. १० समितिले पशुहाट व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सवारी साधनको उचित पार्किङ, कृषिमण्डीको अवधारणा, बजार व्यवस्थान, स्वास्थ्य, Read More…

संघ \संस्था

नयाँ नेतृत्व प्राप्त गर्दै ‘पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठान’

मेचीनगर । पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानले नयाँ नेतृत्व प्राप्त गर्ने भएको छ । सातौँ बार्षिक साधारण सभा मार्फत प्रतिष्ठानले नयाँ नेतृत्व पाउने भएको हो । नयाँ नेतृत्व छनोटका लागि संस्थाको आफ्नै सभाहल धुलाबारीमा निर्वाचन प्रक्रिया शुरु भइसकेको छ । आज विहान आयोजित साधारण सभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष मिलनराज प्रशाईले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन Read More…

समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशको Read More…

राजनीति

समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुङ्गो लगाएको छ । आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको Read More…

संघ \संस्था

महासंघका अध्यक्ष र संयोजकलाई चौतारीले वहिष्कार गर्ने

झापा । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष र सदस्यता शुद्धिकरण कार्यदलका संयोजक सहभागी कार्यक्रम वहिष्कार गर्ने जनाएको छ । सदस्यता शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघ झापाले गरेको पक्षपात र पूर्वाग्रही कार्यको विरोधमा वहिष्कार लगायतको आन्दोलन कार्यक्रम अघि सारिएको चौतारीका झापा अध्यक्ष मनकुमार गदालले बताए । चौतारीको जिल्ला कार्य समितिको आज विर्तामोडमा सम्पन्न विस्तारित Read More…

अर्थ

रितिका डेरीको समन्वयमा दुग्ध उत्पादन किसानलाई अनुदान वितरण

मेचीनगर । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज (आइतबार) रितिका डेरी उद्योग मेचीनगर−१२ Read More…

संघ \संस्था

मेचीनगर-९ ले गर्यो योजना संकलन सुझाव

धुलाबारी । मेचीनगर वडा नं ९ वडा कार्यालयले आगामी प्रस्तावित योजनाका बारेमा सुझाव संकलन गरेको छ । आज (आइतबार) धुलाबारीस्थित वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा आगामी योजनाका विषयमा छलफल गरेको हो । चालु आर्थिक वर्ष २०७९−०८० मा सम्पन्न योजनाका बारेमा वडाध्यक्ष कञ्चन कुमार तामाङले जानकारी गराए । चालु वर्षमा वडा कार्यालयले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, Read More…

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मेचीनगर

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुभारम्भ भएको छ। कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित धाइजन स्वास्थ्य चौकीमा आजबाट प्रयोगशाला सेवा शुभारम्भ भएको हो । यसअघि मेचीनगर-४ स्थित बाहुण्डाँगी स्वास्थ्य चौकीमा  प्रयोगशाला सेवा सुरू गरिसकेको नगरपालिकाले आज धाइजन स्वास्थ्य चौकीमा सेवा विस्तार गरेको छ । प्रयोगशाला Read More…

खेलकुद

विश्वकप छनोट : आज नेपाल जिम्बाब्बेसँग खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ।  नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ। समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ।  टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो । नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट Read More…

समाचार

पहिरोमा पुरिएर एकै परिवारका ३ सहित ४ जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । मेची राजमार्ग अन्तर्गत हेवा खोलामा बाढीले पुल बगाउँदा मेची Read More…