मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुभारम्भ भएको छ। कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित धाइजन स्वास्थ्य चौकीमा आजबाट प्रयोगशाला सेवा शुभारम्भ भएको हो ।
यसअघि मेचीनगर-४ स्थित बाहुण्डाँगी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरू गरिसकेको नगरपालिकाले आज धाइजन स्वास्थ्य चौकीमा सेवा विस्तार गरेको छ ।

प्रयोगशाला सेवा शुभारम्भ गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बाँकी रहेको १३ वटैवडामा पनि अब क्रमस सेवा विस्तार गरिदै लैजाने बताए । उनले वडामै प्रयोगशाला सेवा सञ्चालन भएसंगै टाढा टाढा गएर रक्त परीक्षण गर्ने समस्याबाट वडावासीले छुटकारा पाउने बताए ।
उपप्रमुख मीना पोख्रेल उप्रेतीले स्वास्थ्यको क्षेत्रमा नगरपालिका संवेदनशील रहेको बताइन् । उनले सबै नगरबासीको पहुँचमा स्वास्थ्य पुर्याउन आफुहरू लागि परिरहेको बताइन् ।
प्रयोगशाला सञ्चालन भएसंगै अब वडाबाट नै सिबीसी, एचबी, सुगर, विलिरुविन, दिशा पिसाव, एचआईभि, मलेरिया, डेंगु, भिडिआरएल, यूरिया क्रिटिनाईनलगायतका रक्त परिक्षण हुने नगरपालिका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिइन् ।
त्यस्तै नगरपालिकाले वडामै सर्वसुलभ मूल्यमा प्रयोगशालासहितको सेवा उपलब्ध गराएपछि आफुहरूलाई स्वास्थ्य सेवा लिन सहज भएको स्थानीय वडाबासी बताउँछन् ।
सुभारम्भ कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, मेचीनगर-११ का वडाध्यक्ष रूद्र डाँगी, मेचीनगर शिक्षा शाखा प्रमुख होम भण्डारी, स्वास्थ्य शाखा प्रमुख निरौलालगायतको आतिथ्य रहेको थियो ।

