अन्य

आदर्श मावि : भवन निर्माणको रकम रोकियो

मेचीनगर । आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवनकोलागि संघीय सरकारबाट प्राप्त विशेष अनुदानको रकम मेचीनगर नगरपालिकाले रोक्न कार्यपालिकाको निर्णय सहित सिफरिस पठाएको भन्दै विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विहीबार पत्रकार सम्मेलन गरेर विद्यालयले संघीय सरकारबाट विशेष अनुदानको रूपमा ल्याएको बजेट रोक्न, नगरपालिकाले सिफारिस नगर्ने निर्णय गरेको जानकारी दिएको हो । विद्यालयको स्तरउन्नति र पूर्वाधारका लागि Read More…

समाचार

‘एशियन हाइवे’ निर्माण गर्न रूख काट्न थालियो

काँकरभिट्टा । पूर्वपश्चिम एशियन राजमार्ग निर्माणका लागि रूख कटान शुरू भएको छ। ‘दुई लेन’सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप निर्माण शुरू गरिएको एशियन राजमार्गमा बिहीबारदेखि रूख कटान शुरू भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताए। एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ। उनका अनुसार पूर्वी खण्डको ठेक्का Read More…

खेलकुद संघ \संस्था

मेचीनगरमा फागुन २९ गतेदेखि “मेचीनगर नगर ओलम्पिक” हुने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा खेलकुदको महाकुम्भ “मेचीनगर नगर ओलम्पिक” हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखि विभिन्न विधामा नगरस्तरीय खेलकुद प्रतियोगिता हुन लागेको हो । मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको नगर ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू हुने मेचीनगर Read More…

शिक्षा

मेचीनगर पोलिटेन्किल इन्स्टिच्युटमा दुई दिवसीय इन्जिनियरिङ्ग प्रदर्शनी सुरु

धुलाबारी । मेचीनगर १० रधुवीरबाडी स्थित मेचीनगर पोलिटेन्किल इन्स्टिच्युट परिषर बिहीबार बिहानादेखि निक्कै भिडभाड थियो । सबै जना क्याम्पस परिसमा सजाइएको सुन्दर मेचीनगर, धरहरा, यातायातका साधनहरुलाई नियालीरहेका थिए । सोही कलेजका विद्यार्थीहरुले आफ्नो शिप, क्षमता, र दक्षता प्रस्तुत गरेर आज पहिलोपटक इन्जिनियरिङ्ग प्रदर्शनी आयोजना गरेका थिए । विद्यार्थीहरुले निर्माण गरेका ती सामाग्री नियाल्न पुगेका अभिभावक, Read More…

खेलकुद

स्व. पवनकुमार खड्का स्मृति फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा सम्पन्न प्रथम नकआउट फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । नकलबन्दा समाज विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा समितिले सञ्चालन खर्च कटाएर १ लाख ७५ हजार १ सय बचत गरेको छ । समितिलाई प्रतियोगिता सम्पन्न गर्न दाताहरुबाट ६ लाख १२ हजार ८ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रतियोगिता Read More…

खेलकुद

झापा गोल्ड कप शनिबारदेखि, उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने

बिर्तामोड । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश र अस्मिताले आफ्नो चर्चित गीत प्रस्तुत गर्ने छन् । उनीहरुको युगल गीत लज्जावती झार, जून टिपी दिउँकी गीत चर्चित छन् । त्यस्तै, Read More…