राजनीति

इलाम-२ उपनिर्वाचन : रास्वपाबाट मिलन लिम्बुले दर्ता गराए उम्मेदवार

इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन लिम्बूले उम्मेदवारी दिएका छन् ।  लिम्बुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह–महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी, तथा विपिन आचार्य, केन्द्रीय सदस्य रमेश प्रसाई, झापा जिल्ला सभापति उमेश खरेललगायतको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् । Read More…

राजनीति

इलाम-२ उपनिर्वाचन : एमालेबाट सुहाङले दर्ता गराए उम्मेदवार

इलाम ।  नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । इलाम–२ बाट निर्वाचित सांसद सुवास चन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुहाङ दिवङ्गत नेता नेम्वाङका छोरासमेत हुन् । स्वर्गीय बुबाको विरासत कायम राख्दै जनपक्षीय सेवामा समर्पित Read More…

राजनीति

इलाम-२ उपनिर्वाचन : कांग्रेसबाट डम्बरबहादुर खड्काको उम्मेदवारी दर्ता

इलाम ।  नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले उम्मेदवारी दर्ता गराउन जाँदा पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थिति थियो ।  खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् Read More…

राजनीति

इलाम–२ मा कांग्रेसबाट खड्का उम्मेदवार

झापा । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य चर्चा थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम Read More…

समाचार

परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

झापा । परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । झापाको बाह्रदशी गाउँपालिका-१ निवासी ३३ वर्षीय देवनारायण राजवंशीले आफ्नै श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बिहान साढे ६ बजेको समयमा देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि खुकुरीसहित देवनारायणलाई Read More…

संघ \संस्था

इतिहास रच्दै चारआली जेसिज, प्राप्त गर्यो शतप्रतिशत कार्यक्षमता अवार्ड

मेचीनगर । चारआली जेसिजले पछिल्लो समय आफ्नो कार्यक्रमलाई तिब्रता दिइरहेको छ । त्यसको फलस्वरूप चारआली जेसिजले शतप्रतिशत कार्यक्षमता अवार्ड नेपाल जेसिजबाट प्राप्त गरेकोछ । नेपाल जेसिजले दिएको टास्कमा रहेर एक महिना शाखाले गरेको कार्यसम्पादको मुल्यांकनको आधारमा चारआलि जेसिजले मार्चको समेत उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । जनवरी देखिनै प्राप्त गर्दै यसपालि चारआली जेसिजले इतिहास रचेको Read More…

संघ \संस्था

आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार भण्डारी सम्मानित

मेचीनगर । मेची उद्योग वाणिज्य संघको १९ औं वार्षिक साधारणसभामा राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारी मेची उद्योग बाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । धुलाबारीको रोयल निर्वाण सभाहलमा आज आयोजित कार्यक्रममा पत्रकार भण्डारीलाई नगद रु. २१ हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको हो । यसैगरी, उत्कृष्ट कर्मचारीको रुपमा Read More…

संघ \संस्था स्वास्थ्य

भानु सहकारीको स्वास्थ्य शिविरसहित रक्तदान: ४३५ जनाले लिए सेवा

धुलाबारी । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ६७ औँ राष्ट्रिय सहकारी स्थापना दिवसको अवसरमा भानु बहुमुखी सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रममा ४३५ जनाले सेवा लिएका छन् । धुलाबारी पश्चिम बस स्टेण्ड छेउ संस्था परिसरमा आयोजित रक्तदान कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण Read More…

समाचार

मेचीनगरमा भेटियो वयस्क अजिङ्गर

मेचीनगर । झापाको मेचीनगर–७ स्थित सतिघट्टामा ९ फिट लामो अजिङ्गर फेला परेको छ । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको नेतृत्वमा अजिङ्गरको उद्धार गरी बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा लगेर छाडिएको छ । उक्त वयस्क अजिङ्गर लगभग १० केजी तौलको रहेको छ । चिया बगानमा अजिङ्गर फेला परेपछि सतिघट्टाका स्थानीय सोम Read More…

शिक्षा संघ \संस्था

विद्यार्थीकाे क्षमता बढाउन नयाँ रणनीति अपनाउँदै झापा नेशनल

मेचीनगर । मेचीनगर-७ इटाभट्टा स्थित झापा नेशनल स्कुलले शैक्षिक सत्र २०८१ सालदेखि विद्यार्थीहरूकाे क्षमता बढाउन नयाँ रणनीति अघि बढाउने भएको  छ । विद्यालयले नयाँ शैक्षिकसत्रदेखि पीजीदेखि कक्षा-४ सम्मका विद्यार्थीकाे पढाइ बुकलेश मार्फत गर्ने भएको छ । विद्यार्थीहरूलाई प्रविधि संग जोडेर अध्ययन गर्न र बुझ्न सहज होस् भनेर विद्यालयले राेवेटिङ ग्याम्स एण्ड पाेडिङ ल्याबलगायतकाे सञ्चालन समेत Read More…