झापा । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य चर्चा थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।

अन्ततः इलाम- २ मा काँग्रेसबाट जिल्ला सभापति खड्का उम्मेदवार पक्का भएको छ ।
खड्काले यसअघि निर्वाचनमा पनि उम्मेदवार बन्दै एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुभाष नेम्वाङलाई कडा टक्कर दिदै झिनो मतान्तरले पराजित भएका थिए ।

