संघ \संस्था

हल्दिबारी : दोस्रो भेलागढी महोत्सव सुरु

हल्दिबारी। झापाको हल्दिबारीको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आजबाट दोस्रो भेलागढी महोत्सव सुरु भएको छ । उक्त महोत्सव आज एक औपचारीक कार्यक्रमको बिच कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री माननिय सदानन्द मण्डलले उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात् शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले देशको आर्थिक स्थिती उकास्न पर्यटन क्षेत्रलाई अगाडी बढउनुपर्ने बताए । उनले आफ्नो देशमा भएका धार्मिक, साँस्कृतिक, पर्यावरणीय र प्राकृतिक स्रोतलाई पर्यटकीय क्षेत्रका रुपमा पनि बिकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन भित्रायन प्रयन्त गर्नुपर्ने बताए । साथै उनले हल्दिबारीको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा पनि प्रशस्त सम्भावना रहेको बताउँदै यसलाई प्रचारप्रसार तथा प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । साथै कोशी प्रदेश सरकारको तर्फबाट यस क्षेत्रलाई आवश्यक साथ सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा पुर्वाधार विकास मन्त्री भुमि प्रसाद राजवंशी, कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन। हल्दिबारी वडा नं २ वडा अध्यक्ष सुकलाल राजवंशी लगायतका अतिथिहरुले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

भेलागढी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पुन्यप्रसाद लम्सालले महोत्सव आयोजना गर्नुको उदेश्य यस क्षेत्रको प्रवद्र्धन र प्रवद्र्धन गर्नु रहेको बताए । उनले महोत्सवबाट संकलित रकम जे जती हुन्छ त्यो सबै यसै क्षेत्रको बिकासमा लगाउने लक्ष्य रहेको जानकारी दिए ।

समुहकी उपाध्यक्ष भिमादेवी लम्सालले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचीव खकेन राजवंशीले गरेका थिए ।