संघ \संस्था

प्रेस चौतारी झापाको नयाँ नेतृत्व, अध्यक्षमा परियार

झापा । प्रेस चौतारी नेपाल झापा शाखाको आज बिर्तामोडमा सम्पन्न १०औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली चयन भएका छन् भने,सचिवमा युवराज आचार्य, सह-सचिवमा राम निरौला समावेशी सह-सचिवमा तिलक योन्जन तामाङ र कोषाध्यक्षमा सरोज भट्टराई सर्वसम्मत चयन भएका छन् ।

जिल्ला कमिटीका सदस्यहरुमा अस्मिता साँखी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनियाँ, सोम मंग्राती, रबिकिरण बान्तवा, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सपथग्रहण गराएका थिए ।

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्नेत, केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिक्रम लुइटेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गैर आवसीय नेपाली चानक पोखरेल, नारी सञ्चार गृहका अध्यक्ष रेजिना गौतम, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनालगायले मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा चौतारीका झापा शाखाका उपाध्यक्ष प्रदीप परियारले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।