धर्म संस्कृती

झापाको बाहुनडाँगीमा आजदेखि तरुल उत्सव सूरु

मेचीनगर। झापाको मेचीनगर ४ बाहुनडाँगीमा तेस्रो तरुल उत्सव आजदेखि सुरु हुँदैछ । पौष्टिक खाद्य परिकारका रुपमा रहेको तरुलको महत्व र यसबाट हुने फाइदाका बारेमा जानकारी गराउने उद्देश्यले तरुल उत्सव आयोजना गरिएको मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताउनु भयो । त्यस्तै हात्ती प्रभावित क्षेत्र भएकाले हात्तीले क्षति नगर्ने बालीका रुपमा पनि तरुलको खेती गर्न प्रेरित Read More…

खेलकुद

इन्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर दोस्रो

मेचीनगर । भारतको सिलीगुडी स्थित कदमतलामा दुईदिवसीय आयोजनामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट झापाको मेचीनगर दोस्रो भएको छ । यही जनवरी ११ र १२ तारिख कदमतलामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट मेचीनगर नगरपालिका दोस्रो भएको हो । मेचीनगर नगरपालिका खेलकुद विकास समिति अन्तरगतको कराते महिला तर्फबाट २० केजी तौलमा प्रशंसा कडरिया, २५ Read More…

समाचार

कोसी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान

विराटनगर । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आउँदो माघ ७ गते आह्वान गर्ने निर्णय गरिएको छ । आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभा अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभा आह्वान हुने जानकारी दिए । प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको Read More…

अन्य

मेचीनगरमा एक प्रिन्सिपल सहित दुई वालिकामाथि यौन दूर्व्यवहारको आरोपमा पक्राउ

मेचीनगर। वालिकामाथि यौन दूर्व्यवहारको आरोपमा मेचीनगरमा एक प्रिन्सिपल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचना अनुसार मेचीनगर वडा नं. ४ बाहुनडाँगीमा रहेको एक निजी विद्यालयका प्रिन्सिपललाई आफ्नै विद्यार्थीमाथि यौन दूर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । एसइइ परीक्षाको तयारीमा रहेका वालिकालाई दूर्व्यवहार गरेको अभिभावकले थाहा पाएर प्रहरीलाई जानकारी गराए पछि प्रिन्सिपल पक्राउ Read More…

संघ \संस्था

चारआलीमा नगरिक सुनुवाई

चारआली । जिल्ला प्रहरी कार्यालय झापाको आयोजना शुक्रबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । त्रिदेव क्याम्पस चारआलीमा आयोजित कार्यक्रममा प्रहरी तथा ट्राफिक प्रहरीले चारआली क्षेत्रको ट्राफिक ब्यवस्थापन तथा नागरिकको सुरक्षागर्न नसकेको, नागरिकसँधै हात्तीसँग पौंठेजोरी खेल्दै त्रसित भएर बाँच्नु पर्दा पनि सरकार बेखवर भएको, लागू औषध दुब्र्यसनको डढेलो घरघरमा सल्कीएको लगायतका थुप्रै गुनासा उठे । Read More…

विविध

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पुर्व राजा ज्ञानेन्द्र शाहले दिए शुभकामना (भिडियो सहित)

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोहि अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देश र जनतालाई शुभकामना दिएका छन् । तत्कालीन गोरखाका राजा Read More…

समाचार

सरकारले तीन अध्यादेश ल्यायो

काठमाडौं । सरकारले अध्यादेश ल्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राती बसेको मन्त्रीपरिषद् बैठकले तीन अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । अध्यादेश ल्याउनुअघि शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। उक्त अध्यादेशमार्म विभिन्न १७ कुरा संशोधन Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीको २९ औं सभा सम्पन्न

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  संस्थाले बिगतमा खानेपानीको अभाव हुँदा टिनको भारमा पानी बोकेर बितरण गर्ने स्थानीय दुई जना बयोवृद्धाहरु मेचीनगर-६ का धुम्मलाल राजबंशी र कप्तान राजबंशीलाई नगदसहित सम्मान गरेको हो । २०३५ सालपछि काँकरभिट्टामा पानीको Read More…

संघ \संस्था

सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज झापाली

सुरुङा । सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) निर्वाचित भएका छन् । शुक्रवार झापाको सुरुङ्गामा भएको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा निर्वाचित भएका हुन् । नव समितिको उपाध्यक्षमा संगीता उप्रेती र सिएम शर्मा, सचिवा मनोज बस्नेत, सह–सचिव अनुप भण्डारी, कोषाध्यक्ष चन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक Read More…

शिक्षा

काँकरभिट्टा क्याम्पसको अध्यक्षमा सापकोटा

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । क्याम्पस सञ्चालक समितिको पुस २९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । आज उम्मेदवार मनोनयन दर्ता भई दावी विरोधको समयमा अध्यक्षमा एकल नाम दुर्गाप्रसाद सापकोटाको मात्र परेकोले सापकोटालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको निर्वाचन समिति संयोजक हेम खड्काले Read More…