मेचीनगर । राजश्व संकलनमा एकरुपता ल्याउन तथा राजश्व संकलनमा देखिएका जटिलताको अन्त्य गर्न बुधबार मेचीनगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजश्व परामर्श समितिको आयोजनामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा नगरका १५ वटै वडाका सचिव तथा राजश्वसँग सम्बन्धित कर्मचारीहरुकोे सहभागिता रहेको थियो । मेचीनगरपालिकाकी उपप्रमुख एवम् राजश्व परामर्श समितिकी संयोजक मीना पोख्रेल उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा संयोजक Read More…
Month: January 2025
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६/७७ देखि Read More…
अपाङ्गता भएका १३ हजार व्यक्तिको पहिचान
झापा । करूणा फाउन्डेशन नेपालले स्थानीय तहको सहकार्यमा कोशी प्रदेशको झापा, तेह्रथुम र ताप्लेजुङमा सञ्चालित दुई साता लामो वडास्तरीय स्वास्थ्य शिविरबाट १३ हजार ६५ जना अपाङ्गता भएका व्यक्तिको पहिचान भएको जनाएको छ । झापासहित तीन जिल्लामा फाउन्डेशनले गत मंसीर १ देखि पुस १७ गतेसम्म दुई सय ३४ वटा वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । Read More…
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गा जुकेकल्भट नजिकै आक्रमण भएको हो । आक्रमणबाट नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाको निधारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण Read More…
धुलाबारीमा शुरु भयो दोस्रो मेची महोत्सव
मेचीनगर । स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले झापाको धुलाबारीमा दोस्रो मेची महोत्सव २०८१ शुरु भएको छ । मेची चेम्वर अफ कमर्स मेचीनगरले आयोजना गरेको महोत्सवको शुक्रबार एक समारोहका बीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेकी छिन् । महोत्सव परिसरमा पानसमा दियो बाल्दै उनले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै Read More…
बाहुण्डाँगी जेसिज : रक्तदान गर्दै वर्ष २०२५ को सुरुवात
झापा। सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बाहुण्डाँगी जेसिजले वर्ष २०२५ को पहिलो कार्यक्रम रक्तदान कार्यक्रमबाट सुरुवात गरेको छ। मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै बुधबार बाहुण्डाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाइँले जानकारी दिए। जेसिज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी रोशन गिरीको संयोजनमा Read More…
झापा मेचीनगरकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै
मेचीनगर । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट Read More…
मेचीनगर : नगर खेलकुद, युवा परिषद र सञ्चार प्रतिष्ठानको कार्यालय महिला सीप विकास केन्द्रको भवनमा राखिने
मेचीनगर । मेचीनगर नगरपालिकाका तीन वटा समिति तथा प्रतिष्ठानको कार्यालय मेचीनगर ८ स्थीत महिला सीप विकास तालिम केन्द्रको भवनमा स्थापना हुने भएको छ । नगरपालिकाद्वारा गठन भएका नगर खेलकुद विकास समिति, नगर युवा परिषद र मेचीनगर सञ्चार प्रतिष्ठानको कार्यालय तालिम केन्द्रमा सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको हो । नगर कार्यपालिकाको २०८१ मंसिर २२ गतेको बैठकको निर्णय अनुसार Read More…
स्वस्थानी व्रतकथा आजदेखि सुरु
काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, Read More…
आज राष्ट्रिय भाक्का दिवस, झापाका तिन पालिकामा विदा
झापा । आज आठौं राष्ट्रिय भाक्का दिवस । हरेक बर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवसका रुपमा मनाउने गरिन्छ । राजबंशी समुदायको बिषेश परिकारका रुपमा रहेको भाक्का अहिले सबैका लागि लोकप्रिय खाजाको परिकारका रुपमा परिचित भएको छ । आज बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भाक्का दिवसको बिषेश कार्यक्रम आयोजना गरिएको छ । भाक्का दिवसको कार्यक्रम विहान Read More…










