स्वास्थ्य

नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर २ स्थित बौद्धमोडमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिसामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का Read More…

संघ \संस्था

प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ । आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं। १० को पर्यटकीय क्षेत्र दोमुखामा जिल्ला अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष मनकुमार गदालले जानकारी दिए।बैठकले अधिवेशन सम्पन्न गर्नका Read More…

समाचार

बिर्तामोडका पूर्वमेयर शिवाकोटीविरुद्ध अदालतमा अभियोग पत्र दायर

झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिलको कार्यालय झापाले शिवाकोटीलाई आज अदालतमा उपस्थित गराई अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट शिवाकोटीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र Read More…

संघ \संस्था

दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा मेचे, सचिवमा पोख्रेल

मेचीनगर । दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष मेचे निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट ४ वर्षका लागि अध्यक्षमा मेचे सर्वसम्मत चयन भएका हुन् । मेचीनगर–८ का निवर्तमान वडा सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष मेचे सफल युवा व्यवसायी पनि हुन् । संस्थाको सभाहलमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय समिति चयन भएको थियो Read More…

संघ \संस्था

दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराई, बिन्ती Read More…

विविध

झापामा आठौँ राष्ट्रिय भाक्का दिवसको तयारी तीव्र, क्रिकेटर ललितलाई सम्मान गरिने

(दिपेश राजवंशी) भद्रपुर । विगतका बर्सहरूझैँ  यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् ।  वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका Read More…

समाचार

बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई आज अदालतमा पेश गरिने

झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी करिव एक महिनादेखि बीएण्डसी अस्पतालमा रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ । सरकारी वकिलको कार्यालयले आज उनलाई अदालतमा बुझाउने भएको हो । अस्पतालमा रहेकै बेला शिवाकोटीसंगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको Read More…

अर्थ

साहारा नेपाल साकोस इटाभट्टाको एकाईगत साधारणसभा सम्पन्न

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा अन्तर्गत बिभिन्न क्षेत्रमा एकाइगत साधारणसभा सञ्चालन भइरहेको छ । पौष १५ गते सोमबारबाट सुरु भएको एकाइगत साधारणसभा २१ गते आइतबार सम्पन्न हुनेछ । यसै क्रममा संस्थाले आज बिहीबार मेचीनगरको इटाभट्टा, काँकरभिट्टा, धुलाबारी बौद्धमोड तथा बिर्तामोड, गौरीगञ्ज गौरादह, Read More…

समाचार

भद्रपुरकी पूर्व उपप्रमुखका छोरा निश्चलको स्कुटर दुर्घटनामा परी निधन

भद्रपुर । भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ । भद्रपुर- ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानुन व्यवसायी Read More…

अर्थ

झापाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुल, पर्यटकको घुइँचो

झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको Read More…