मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ। यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड John and The Locals ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक Read More…
Day: February 8, 2025
विविध कार्यक्रमका बीच युनिक बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव सम्पन्न
चारआली । झापाको मेचीनगर-१२ शहरेडाँगीकाे युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच शनिबार सम्पन्न भएको छ । विद्यार्थीले विद्यालयमा वार्षिक रुपमा सिकेका नृत्य, स्पिच , कला तथा सांगीतिक प्रस्तुति गर्दै वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयको नर्सरीदेखि १० कक्षा अध्ययनरत विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य र गीत प्रस्तुत गरेका थिए । Read More…
मेचीनगरको प्रवक्तामा वडाध्यक्ष दिपक बराल
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको प्रवक्तामा दिपक बराल चयन भएका छन् । मेचीनगर नगर कार्यपालिकाको आज बसेकाे बैठकले मेचीनगर २ का वडाध्यक्ष समेत रहेका दिपक बराललाई नगरको प्रवक्ताको जिम्मेवारी दिएको हो । लामो समय बितिसक्दा समेत नगरपालिकाले प्रवक्ता तोक्न नसक्दा मेचीनगर आलोचीत जस्तै बनिरहेको थियो । तर, अब नगरपालिकाले प्रवक्ता पाएसंगै उक्त आलोचना बन्द भएको Read More…
पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुँदै
मेचीनगर। विभिन्न कारणले बिगत पाँच बर्षदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन महिनामा हुने भएको छ। झापाको मेचीनगर -६ स्थित काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा फागुन २१ गते बुधबारदेखि २८ गतेसम्म गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ। आज Read More…
प्रचण्डलाई सत्ता बाहिर बस्न गाह्रो छ : नेता खरेल
बिर्तामोड । पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले पुर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताउनुभयो । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको Read More…





