झापा । नेपालमा राजतन्त्र फर्काउने भन्दै गरिएका पछिल्ला गतिविधिहरुलाई सूक्ष्मरुपले दृस्टीगत गर्दा पछिल्लो घटनाक्रम अनुरुप गत बर्ष २०८१ फाल्गुन ७ मा राजा ज्ञानेन्द्र वाट जारि शुभकामना सन्देश पश्चात नेपाली राजनीतिमा निक्कै ठुला घटनाक्रमहरू चलिरहेकाछन । यस्तै घटनाक्रमको परिवेश अनुरुप अबसरको अगेनुमा स्वार्थको रोटि सेक्नेहरुको कमि पनि छैन ।
यस्तै ब्यक्तिहरुको भिडमा आफुलाई राजावादि कहलाउने हरुको मनाेवल बड्नु स्वभाबिकै हो ।परिवेश अनुरुप राजाकाे विस्वासपात्र वन्न तछाडमछाडकाे स्थिति पैदाभएको परिवेशले प्रमाणित गरिदिएको छ ।
रातारात समितिहरू बन्नुले मानाै भाेलि विहानै जन्तिलिएर वेहुला आउदैगर्दा बेहुलाको स्वागतमाकाे अगाडि को जाने भन्ने रस्साकस्सीनै नचलेको पनि होइन ।
राजावादिका नाममा ढाेल वजाउनेहरू राजा आउछनकि क्याहाे भन्दै आफै अग्रसर हुनु र उता राजनितिक दलकै रूपमा स्थापित वन्न खाेजिरहेकाे राजेन्द्र लिङ्देनकाे राप्रपाले सवै राजावादिहरूलाई एकढिक्का वनाएर अगाडि बड्नुपर्ने जिम्मेवारी राप्रपाकाे हो भन्ने जनताकाे भावना थियाे तर राप्रपा पनि राजा आएभने भाग खाेज्न म नै अध्यक्ष हु म नै नेतृत्वगर्छु भन्दै लिङ्देन अगाडि सरेकाछन।
शक्ति सञ्चय गर्दै शक्तिलाई संघर्ष र आन्दोलनवाट श्री प्राप्ति गर्नुपर्ने वेलामा गणतन्त्र वादिकाे निशानामा परेका मेडिकल ब्यबसायी दुर्गा प्रसाईकाे कार्यक्रम गणतन्त्र वादिहरूले एकहद सम्म दवाउन सफलभए।
प्रसाईकाे कार्यत्रम असफल भएपछि पुन: राप्रपामा उत्साह जागेकाे छ। देशमा ब्याप्त भ्रष्टाचार ,अन्यायअत्याचार, बेथिती र विसंगती जस्ता विषयले सिमा नाघेपछि आक्रान्त बनेका जनताहरू “सयाै राजा भन्दा एक राजा नै ठिक ” भनेर आन्दोलन कस्ले गर्ने भन्दा पनि बितृस्णाका आवाजहरुले सडकमा साथ दिईरहेका छन।देशकाे वर्तमान अवस्थामा दुईधार ( राजावादि र गणतन्त्र वादिहरु ) छुट्टिनु अपरिहार्य भै सकेकाे छ। तर पनि ०६२/६३ काे आन्दोलनमा स्थापित गणतन्त्र संगसगै राजावादिकाे रूपमा स्थापना भएकाे राप्रपावाट राजसंस्था स्थापनागर्ने आन्दोलन निश्कर्ष सम्म पुग्ला त? प्रस्न यहानेर अडिएको छ । अर्कोतर्फ राप्रपाले अन्य राजावादी ब्यक्ति तथा संघ संघठनहरूकाे अस्तित्व स्वीकार नगर्नु , राजाबादी एजेन्डा आफ्नो मात्र ठान्नु , प्रहरिकाे दवावसँग प्रतिकारगर्ने हिम्मत नभएपछि निषेधितक्षेत्र ताेड्छाै भन्ने कार्यकर्ता सडकमा पठाएर आफुहरु सिंहदरवारमा प्रहरी वाेलाएर गिरफ्तारीकाे नाटकगर्नु जस्ता कारणले राप्रपा साँच्चै आफ्ना एजेन्डाहरु स्थापितगर्न चाहान्छ कि जनताकाे भावनालाई सडकमा चटक देखाएर ८४ काे निर्वाचनमा मतवटुलेर यहि राज्यसत्ता भित्ररहेर शक्ति सञ्चयगर्दै सत्ताकाे स्वादमा रमाउन चाहेकाे त हाेईन?
राप्रपाकाे ईतिहास हेर्नेहाे भने जस्ताेसुकै सम्झाैता गरेर वा पार्टीनै फुटाएर भएपनि गणतन्त्रवादि शक्तिहरुसँग मिलेर चुनाव लडेको र सत्ता साझेदार रहेकोकुरा नेपाली जनतालाई सुनाईरहनु नपर्ला ।
१५ गतेकाे दुर्गा प्रसाईकाे सभा विथाेल्न सरकार सफल भएपछि राप्रपा खुशिले गदगद छन । राजसंस्था स्थापनाकाे लागि संघर्षरत एउटा ठुलाे सहयात्रि शक्तिका प्रमुख दुर्गा प्रसाईं पक्राउका विषयमा राप्रपाले जुन भुमिका खेल्नु पर्थ्याे त्याे किन गर्दैन?
अहिले भन्दैछन राजसंस्था स्थापनागर्न राप्रपामा जाेडिनुस भन्ने राप्रपाको आव्हानवाट राप्रपा माथि नेपाली जनताले संकाकाे घेरामा हेरिरहेकाछन ।
राप्रपा भित्र पंचायतकाल देखि अरूकाे अस्तित्व स्विकार गर्न नसक्ने मण्डले प्रवृतिले जरा गाडेर वसेकाेछ।
जसका कारण स्थापना कालदेखि अहिलेसम्म आइपुग्दा पनि देशभर सँगठन निर्माणगर्न सकेकाेछैन।नेपाली जनता राप्रपा प्रति आकर्षित नभएका भने हाेईनन् ।
जाे आउँछ उ पाहुना जस्ताे आउछ टिक्न सग्दैन र जान्छ ।
तपाईले आफ्नो गाउँघर तिर हेर्नूभएकै हाेला , राप्रपामा कति मान्छेहरू पार्टी प्रवेशगरे तर पनि पाहुना जस्तो आउछ्न जान्छ्न ।
राप्रपामा जाे छन स्थापना कालदेखि त्यहिछन किन यश विषयमा पार्टीले जिम्मेवारिका साथ साेचेकै छैन।
वरू अझ भाेलिका दिनमा नेतृत्व लिएर आफ्ना एजेन्डाहरु स्थापित गर्नसक्ने नेतृत्व हरूलाई पाखालगाउने वातावरण सृजना गरिंदैछ ।
जसकाे ज्वलन्त उदाहरणहाे केहिसमय अगाडि केन्द्रीय समितिकाे वैठकमा धन वहादुर वुढाले धवल शम्शेर लाई हिजाे कुन पार्टीवाट आउनु भएको भनी साेधेकाे प्रश्न काेशि प्रदेश सभामा राप्रपा सभासदले राजसंस्थाको विषय उठान गर्नसाथ गणतन्त्रवादिले विराेध जनाए पश्चात् पस्चातकै नेता शभामुख रहँदापनि २ मिनेटमै उक्त भनाई रेकडवाट हटाउन लगाउनु जस्ता कुराले प्रष्ट हुन्छ।
के राप्रपामा अन्य पार्टी वाट आउनै नपाउने , आए नेतृत्वमा वस्नै नहुने , विचार र दृष्टिकोण लिएर आउननहुने , मतदाता मात्रभएर आउनु पर्नेहाे?
यस्ताे चरित्र वाेकेका मान्छे राप्रपामा रहेपछि याे व्यवस्था विराेधि राजावादिहरूमा अन्याेलपुर्ण वातावरण सृजना भएकाे छ ।
यस्तो अवस्था रहेतापनि राप्रपाले राजसंस्था स्थापनाका साथै गणतन्त्रको अन्त्यगर्न आइपर्ने समस्यामाथि जुध्नसक्छ ? उत्तर जटिल छ ।
भाेलिका दिनमा आइपर्ने समस्याहरू , गणतन्त्र स्थापनागर्न र गरि सकेपछि दातृ राष्ट्रहरूले गर्दैआएका सहयाेगहरू राेकिने संकेत देख्दै हुनुहुन्छ ,जसका कारण अब यी गणतन्त्र वादिहरू कमजाेर हुन्छन भन्ने हामिमा भ्रम सृजना हुँदैछ त्याे केवल हामीभित्र उव्जिएकाे भ्रममात्र हाे। अहिले हाम्रो देशमा भाषा, धर्म ,संस्कृति र परम्परा माथि भईरहेकाे प्रहार भने राेकिन्न जसकाे आडमा नेपाल माथि ठुलठुला चलखेलहरू भईरहेका छन। मानव सभ्यताकै ईतिहास वाेकेकाे हिन्दुसभ्यता समाप्त पारेर आफ्नो धर्म स्थापितगर्नका लागि विस्वका शक्ति राष्ट्रहरू लागेकाछन। राजावादि हरूकाे आन्दोलन वड्दैगएकाे खण्डमा हिजाे माओबादिको आन्दोलन ताका देशमा भएका continuous …… जातिय ,वर्गीय ,धार्मिक ,क्षेत्रिय,भाषिय समुदायहरू र अहिले रहेका गणतन्त्रवादि दलहरू सवै विदेशिकाे बिस्वासिलो पात्रका रूपमा हतियार सहित राजावादी हरूमा खनिने सम्भावना देखिन्छ ।
यस्तो परिस्थिति सृजनाहुने अवस्थामा सवै राजावादि हरूलाई पाखा लगाएर राप्रपाले के एक्लै आन्दोलन सफल वनाउन सक्ला ?
जसले ३३ वर्षकाे राजनितिक यात्रामा देशभर दर्विलाे संगठन निर्माण गर्न सकेकाे छैन । बारम्बार नेपाली जनताले राप्रपालाई सहयाेग गर्न नखाेजेका पनि हाेईनन्। आफ्नै कारण राप्रपा अलिक शक्तिशाली वन्न खाेज्दैगर्दा वारम्वार पार्टी फुटाएर टुक्रा-टुक्रा भएका ईतिहास हामिले छर्लङ्ग देखेका छाैं।
त्यसैकाे परिणम हाे अहिले सवै राजावादि हरूलाई एकैठाउँ नसमेटि हतारमा आन्दोलन घाेषणगर्नु ।
राप्रपाले सवै किसिमका राजावादि हरूलाई एकढिक्का वनाउन नचाहनु , अर्कोतर्फ राप्रपा एक्लैले आन्दोलन गर्छु भन्दै अगाडि सर्नुले राप्रपालाई शंका गर्ने प्रसस्त ठाउँहरू छन।
के अब सवै राजावादीहरू र गणतन्त्र विराेधिहरू राप्रपाले उनिहरूकाे दक्षताका आधारमा प्लेटफार्म नदेखाए पश्चात् राप्रपाले देखाएकाे चाैरिमा वसेर पार्टीको झण्डा सँगै तालि पड्काउन सामेल हाेलनन त?
अवस्था परिवर्तन गर्न जति सहज हुन्छ तर ब्यवस्था परिवर्तन गर्ने बिषय त्यति सहज हाेईन । राजावादिहरूले व्यवस्था परिवर्तन लाई सहज रूपमा हेरेकाे जस्तो देखिन्छ ।उनिहरूकाे भित्रि तयारि पनि खासै देखिन्न। हिजाे २०४६ सालमा काँग्रेस कम्युनिस्ट एक भए सफला हातपार्न,०६२/६३ मा काँग्रेस र एमाले मिलेर आतंककारी घाेषण गरेकाे माओबादि लाई साथ लिएर आन्दोलन सफल पार्न , आफ्नो उधेस्य प्राप्तिकालागि जस्तोसुकै संझाैता र सहमति गर्न सक्नुपर्छ भन्ने कुरा राजाबादिहरूले वुझ्न नसक्नु उनिहरूकालागि त घातक सिद्ध हुन्छ नै यसका अलाबा देशकाे अवस्था समेत अझ जटिल वन्दै अस्तित्व नै संकटमा नपर्ला भन्न सकिन्न ।
यदि व्यवस्था परिवर्तन गर्ने हाे भने महाकुम्भमा भेलाहुने साधु जस्तो कार्यकर्ता हाेईन , दाैडका लागि मैदानमा उतारिएका घाेडा अथवा वन्दुककाे नालवाट निस्किएकाे गाेलिकाे रफ्तार भएका कार्यकर्ता जन्माउनु पर्दछ ।जस्ले आ- आफ्नाे ठाउँवाट पुर्ण निपुर्णताका साथ आफ्नो जिम्मेवारी पूरागर्न सकुन।
यस्ताे परिस्थितिमा पनि आफुलाइ सच्चा राजावादी र राजावादीको एजेन्डा आफ्नो निजि एजेन्डा सम्झने राप्रपा माथि संका उव्जन थालेकाछन। के राप्रपाले उठाएका एजेन्डालाई राप्रपाले स्थापित गर्न चाहान्छ ? कि गणतन्त्र वादिकाे कार्य शैलिवाट असन्तुष्ट पक्षहरू जतासुकै छताछुल्ल देखिन थालेपछि उनिहरूकाे भावनालाई पाेख्ने वातावरण निर्माणगर्दै भाेलिका निर्वाचनमा असन्तुष्ट पक्षहरूकाे मतलाई आफुले लिएर यहि व्यवस्था भित्र एउटा दरिलाे राजनितिक शक्ति स्थापनागर्दै यहि व्यवस्था भित्र रमाउन खाेजेकाे आभाष राप्रपाले गरेका क्रियाकलापवाट शंखा गर्न सकिन्छ ।
सवै राजावादी हरूलाई पाखा लगाएर आन्दोलनकाे नामदिने अनि भाेलि व्यवस्था परिवर्तन सम्भव नभए हामिले प्रयत्न गरेकै हाे तपाईहरूले साथ दिनुभएन भन्दै यहि व्यवस्था मा मुठ्ठी भरका मान्छेहरू रमाउने प्रयत्न कतै राप्रपाको दाउपेच त हाेईन ?
देश र जनताले परिवर्तन अवस्य खाेजेका छन, परिवर्तन संभव छ तर अन्याय,अत्यचार,वेतिथि,विंगति,भष्टचार, व्यवस्था परिवर्तन नगरि देश र जनताकाे अवस्था परिवर्तन संभव छैन भन्ने शक्ति हरूलाई एक ढिक्का वनाएर देशभर व्यवस्था परिवर्तन कालागि नागरिक जागरण अभियान संचालन हुन जरूरि छ। काठमाडौ मा ५-१० हजार मानिस भेलाभएर मात्र परिवर्तन सम्भव छैन ।
त्यसैले उपत्यका केन्द्रित कार्यक्रम गर्दा कम्तीमा १० लाख नागरिकहरु सडकमा आउन सकुन र गाउँगाउँमा सँगसँगै व्यवस्था विराेधि आन्दोलन सन्चालन गर्न सकियाेस।यसकालागि नेपाली जनतालाई विस्वास लाग्ने अहिले देखिएका स्वतन्त्र रहेका र पार्टी भित्र रहेका जाे सामाजिक संजालमा छरपस्ट रुपमा प्रस्तुत हुनेहरु सबैमिलेर भनेजस्तै देश वनाउन एकढिक्का हुनुपर्छ । नत्र सस्ताे लाेकप्रियताका लागि सामाजिक संजालमा वाेल्नुकाे कुनै अर्थ छैन ।
समृद्द रास्ट बनाउन एउटा टिम वनाउनु पर्छ ।शक्ति सञ्चय नगरि गरिने कुनैपनि आन्दोलन निर्णायक हुदैनन ।
यदि देश वचाउने हाे भने पार्टी छाेडेर सबैजना राष्ट्रिय झण्डा मुनि गाेलवन्द हुनु पर्दछ। स्वाधिनताकाे रक्षा, स्थिर सरकार, राेजगारिकाे अवशर, भष्टचार मुक्त देश, स्वतन्त्र न्यायपालिका , शिक्षा , स्वास्थ्यमा सामान्य नागरिककाे पहुँच , जस्ता संवेदनशील विषयमा जनताप्रति उत्तरदायि वन्ननसक्दा राजनितिक दलकाे रूपमा रहनु र नरहनुकाे कुनै औचित्य रहँदैन।
खेमराज तिम्सिना,
गौरादह नगरपालिका कोशी प्रदेश , झापा
( स्तम्भकार तिम्सिना राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश झापा छेत्र न ५ का निबर्तमान क्षेत्रिय उपाध्यक्ष हुन )