खेलकुद

राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो । सदस्यसचिवका लागि २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.