समाचार

कमल गाउँपालिकाको सबै सेवा बन्द, अत्यावश्यक सेवा वाहेकका अन्य व्यवसाय विहान ८ बजे देखी अपरान्न ४ बजे सम्म मात्र

विकास घिमिरे
झापा, साउन २९ ।
झापाको कमल गाउँपालिकाले विश्व व्यापिरुपमा फैलिएको कोभिड १९ को रोगथाम र नियन्त्रणका लागी विभिन्न निर्णय गरेको छ । कमल गाउँपालिका नजिकै क्यान्टिन चलाउने ब्यक्ति कन्ट्याक ट्रेसिङमा परेसँगै कमल गाउँपालिकाका सबै सेवा बन्द हुने भएको छ ।

शुक्रबारदेखि गाउँपालिका र वार्ड कार्यालयले कुनै पनि सेवा प्रवाह नगर्ने जनाइएको हो । प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले अर्को सुचना नहुन्जेलसम्म सबै सेवा बन्द हुने बताएका हुन् । पीसीआर परिक्षण पछी मात्रै थप निर्णय हुने उनले जनाएका हुन् ।

गाउँपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गर्न स्थानिय पाटी प्रतिनिधी ,संघ सस्थाका प्रतिनिधी उद्योग वाणिज्य संघ, बजार समिती, टोल विकास सस्था सुरक्षा निकायले समेत निर्णय कार्यन्वयनमा प्रतिवद्धता जनाएको कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिनुभयो ।

आज बसेको सर्व पक्षिय बैठकले अत्यावश्यक सेवा वाहेकका अन्य व्यवसाय , पसल र होटल विहान ८ बजे देखी अपरान्न ४ बजे सम्म मात्र सन्चालन गर्ने, अर्को सुचना जारी नहुन्जेल सम्मका लागी स्थानिय हाट बजार पुर्ण रुपमा बन्द गर्नु पर्ने, सिटी सफारी, टेम्पो चालकले अनिवार्य रुपमा माक्स र सेनिटाईजर प्रयोग गर्ने र एक पटकमा २ जना भन्दा बढी यात्रु बोक्न नपाईने, २५ जान भन्दा बढी मानिस जम्मा हुनेगरी कुनै पनि प्रकारको सभा, सम्मेलन ,भेला सन्चालन गर्न नपाई त्यस्तै व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपममा सेनिटाईजर, साबुन पानीको प्रयोग गरी सामाजकि दुरी अपनाएर मात्र सामान विक्रिवितरण गर्नुपर्ने छ ।

त्यसैगरी अति आवश्यक काममा बाहेक घर बाहिर हिडडुल नगर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ । यदि घर बाट बाहिर निस्कनु पर्ने अवस्था आएमा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । माक्स नलगाई हिडडुल गरेमा स्थानिय प्रहरीले नियम अनुसार जरिमाना समेत गर्न सक्ने छ । यसका साथै बैक तथा वित्तीय सस्थाले सजगताका साथ स्वस्थ्य प्रोटाकलको पालन गरी नियमित रुपमा सेवा प्रवाह गर्न सक्ने गाउँपालिकाका बैठकले निर्णय गरेको ।