काठमाण्डौं, भाद्र ८ । अभिनेता धिरन शाक्यले नेपाली फिल्म नगरीमा कमब्याक गरेका छन् । उनले बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी संग नेपाली फिल्म ‘पासवर्ड’मार्फत पर्दामा देखिन लागेका हुन । उनले अभिनय गरेको फिल्म ‘पासवर्ड’ अहिले चर्चामा रहेको छ । लामो समयदेखि फिल्ममा नदेखिएका शाक्य फिल्म पासवर्डसँगै फेरि दर्शक र फ्यानसामू छाउने भएका हुन् ।
फिल्म अभिनेत्री सन्नीले ‘आजको शाम’ बोलमा अभिनय गरेकी छन् । उनले यस फिल्ममा अभिनयका लागि ठुलो मात्रामा पारिश्रमिक लिएकी थिइन् ।
भदौ २७ गतेदेखि रिलिज हुने तयारीमा रहेको यस फिल्मको ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा शाक्य र सन्नीका साथ अनुप विक्रम शाही, विक्रम जोशीलगायत कलाकार देखिएका छन् ।

