विसरराज चुडाल
झापा , साउन २९ । विश्व भरी फैलिरहेको कोराना भाईरसको कारणले गर्दा धेरैको रोजगार गूमेको अवस्था छ। रोजगार गूमेसगै पारीवारीक जिवन शैली चलाउन कस्टकर भईरहेको छ । हाम्रो जस्तो महंगी कालोबजारी भ्रस्टाचार हूने देशमा आफ्नो हूने श्रोत नै गूमेपछी धेरै मानिस चिन्तित छन भने कतीलाई त एकछाक टार्न समेत धौधौ होला की भन्ने डरत्रास छ । केही मानिसहरुको रोजगार गूमे पनि बैकल्पिक पेशा कृषि रहे पनि नेपालको राजनीतिक खिचातानीको प्रभावले समयमै मल नपाउने र लगाएको खेती पनि प्राकृतिक प्रकोपले नस्ट हूनाले अर्को तिर चिन्ताको बिषय छ ।
बैदेशिक रोजगार समेत ठप्प हुँदा यूवालाई थप चिन्तित बनाएको छ। बेरोजगार समस्याले गर्दा यूवाहरू नसामा फस्ने कूलतमा फस्ने प्रविधि बढेको छ, साथै परीवार देखि समाजमा कलह बिद्रोह बढ्न थालेको छ चोरी डकैती बढेको छ । त्यसैपनि आर्थिक अभाव भएपछि पारीवारीक कल देखि सामाजिक कलहसम्म हुनु स्वाभाबिक नै हो । बेरोजगार यूवाहरु रोजगार समेत गूमेकाले भबिस्य के होला भनेर पूरपूरोमा हात राखी चिन्तित भइरहेको पाईन्छ घरमा परीवार जन बिरामी भइहाले भनि देशको यत्रो महँगो हस्पिटलमा कसरी उपचार गर्ने भन्ने चिन्ता उत्तिकै छ ।
आफू बेरोजगार भएपछि जेथो सम्पत्ति गूम्ला की भन्ने डर पनि छ । यूवाहरू बढ्दो चाहाना आम्दानी शून्यले गर्दा डिप्रेसन को शिकार बढ्नूको साथै आत्म हत्या गर्नेको संङ्ख्या पनि बढ्दो छ, त्यती मात्र होइन बेरोजगार संख्या बढेपछि नेपाल को अर्थतन्त्र ओरालो लाग्ने प्रस्ट देखिन्छ । नेपालको राजनीतिक स्थिरता बहूमतीय सरकारले बेरोजगार भएर के गरौ कसो गरौ कता जौ भन्दै बसेका यूवालाई ठोस योजना ल्याउन नसक्दा यूवाहरू लाई राज्यले केही गर्ला की भन्ने आशा हराएको छ । अझ बैदेशिक रोजगार ठप्प हूदा यूवा लाई उत्तीकै तनाव बढेको छ ।
अब नेपाल सरकारले बेरोजगार यूवालाई सही ढङ्गले सदूपयोग गर्न आवश्यक छ । कोरानाको अन्त्य कहिले हूने या कोराना संगै हामीले बाच्न पर्ने हो केही टूङ्गो छैन त्यसैले यूवालाई बैदेशिक रोजगारमा मात्र निर्भरता नभएर यूवा स्वरोजगार कार्यक्रम सरकारले ल्याउन आवश्यक छ । प्राविधिक शिक्षा सिपमुलक तालिम को योजना ल्याएर कृषि पर्यटन जलस्रोत, प्राकृतिक सम्पदामा पहाड जस्ता पाखूरा भएको यूवाहरूलाई परीचालनमा ल्याई राजनीतिक खिचातानी को अन्त्य भइ ‘सूखी नेपाली समृद्ध नेपाल’ बनाउनू पर्छ भन्ने यूवाहरुको बिचार छ । धन्यवाद
(लेखक शिवसताक्षी, ४ झापा निवासी, नेपाल स्वयम यूवा संस्था जिल्ला सदस्य)

