काठमाडौं, भदौं ४ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सामेल टोली जमैका तलाहवाजले वजयी शुरुवात गरेको छ ।
बुधबार राती भएको खेलमा सेन्ट लुसिया जुक्ससँग जमैका तलाहवाजले पाँच विकेटको जित हात पारेको हो । प्रतियोगितामा सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका थिए ।
१८.५ ओभरमा १६० रन बनाउँदै तलाहवाजले निर्धारित लक्ष्य पूरा गरेको थियो । यसअघि ब्याटिङ गरेको लुसिया जुक्सले १५९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

