काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ । सोमबारका लागि तय भएको दुई अध्यक्षबीचको भेटवार्ता अन्तिम समयमा आएर स्थगित भएको हो ।
कार्यदलले बुझाएको प्रतिवेदनबारे दुई जना अध्यक्ष बसेर छलफल गर्ने कार्यतालिका थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताले बैठक स्थगित भएको जानकारी दिए । दुवै अध्यक्षले कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि बैठक बसेर छलफल गर्ने बताइएको थियो ।

