स्वास्थ्य

सोमबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौं ८ । नेपालमा सोमबार थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । Read More…

राजनीति

ओली प्रचण्डबीचको भेटवार्ता स्थगित

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ । सोमबारका लागि तय भएको दुई अध्यक्षबीचको भेटवार्ता अन्तिम समयमा आएर स्थगित भएको हो । कार्यदलले बुझाएको प्रतिवेदनबारे दुई जना अध्यक्ष बसेर छलफल गर्ने कार्यतालिका थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार Read More…

विश्व

भारतीय कंग्रेसको अध्यक्षबाट सोनिया गान्धीको राजीनामा

काठमाडौं, भदौं ८ । भारतीय कंग्रेसको अध्यक्षबाट सोनिया गान्धीले राजीनामा दिएकी छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि गान्धीले सोमबार राजीनामा दिएकी हुन् । गान्धीले सोमबार कंग्रेस कार्यसमिति (सीडब्ल्यूसी) लाई कंग्रेस पार्टीको अन्तरिम प्रमुख पदमुक्त गर्न आग्रह गरेकी थिइन् तर, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत धेरै नेताले उनलाई जारी राख्न आग्रह गरेका थिए । पार्टी नेता एके एन्टोनीले Read More…

खेलकुद

बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको छैटौँ उपाधि

काठमाडौँ, भाद्र ८ । जर्मन क्लब बायर्न म्युनिखले युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको छ । पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० ले पराजित गर्दै बायर्न छैटौं पटक उपाधि जित्न सफल भएको हो । पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले गरेको गोल Read More…

मनोरञ्जन

तिज विशेष फोटो प्रतियोगिताको उत्कृष्ट तिनलाइ मुबाइल सेट

दमक, भाद्र ८ । झापाको दमक क्याम्पस मोडमा रहेको मौन्दिप मोबाइल र पाइथागोरस मल्टी डाइमेसनल सेन्टरले आयोजित तिज विशेष फोटो प्रतियोगितामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपालभरीका १०० जना भन्दा बढी महिला दिदीबहिनीहरुको सहभागिता को रहेको थियो। कार्यक्रममा सामाजिक सञ्जालमा आएका उत्कृष्ट लाइक, कमेन्ट र सेयरको आधारमा उत्कृष्टहरु छनोट गरिएको थियो । जसमा उत्कृष्टहरुमा Read More…