काठमाडौं, भदौं ८ । नेपालमा सोमबार थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ८०६ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप ८ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमाज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

