झापा, भदौ १० । झापामा बुधबार थप १६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यससंगै झापामा संक्रमितको संख्या ५३३ पुगेको छ । आज संक्रमण पुष्टि भएकाहरुमा १२ जना स्थानीयसहित १६ जना रहेका छन् । जसमा सात जना महिला र नौ जना पुरुष छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज थपिएकाहरु दमकका छ जना महिला र नौ जना पुरुष गरि १५ जना र गौरीगञ्जका एक जना महिला रहेकी छन् । जसमा १२ जना स्थानिय, दुई जना भारतबाट आएका र दुई जना औषधी विक्रेता रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

