काठमाडौं, भदौ १३ । बितेको २४ घण्टामा राजधानी उपत्यकामा १८६ सहित ८८४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको हो।
सवैभन्दा धेरै आज पनि काठमाडौंमा संक्रमित भेटिएका छन्। काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ गरी १८६ जनामा संक्रमण पुष्टि भएको छ।
राजधानी पछाडि सर्लाहीमा धेरै संक्रमित भेटिएका छन्। सर्लाहीमा ८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
धनुषामा ४९, मोरङमा ३१, सुनसरीमा २४, बझाङमा २५ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार दश हजार ९७१ जनाको पीसीआर रिपोर्ट आएको हो। पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमित निको भएर घर फर्किएका छन्। शनिबार निको भएका सहित घर फर्कने संक्रमित संख्या २० हजार ५५५ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ५५ प्रतिशत निको भएर घर फर्किएका छन्।
अहिले पनि १६ हजार ५७८ जना संक्रमित उपचारत छन्। त्यस मध्ये १० हजार १४५ जना संस्थागत र ६ हजार ४४५ जना होम आइसोलेसनमा छन्। संस्थागत तर्फ प्रदेश १ मा एक हजार २२२, प्रदेश २ मा एक हजार ९२४, बागमती प्रदेशमा चार हजार १५५, गण्डकी प्रदेशमा ४६७, प्रदेश ५ मा एक हजार १४०, कर्णाली प्रदेशमा ४०८ र सुदूरपश्चिम प्रदेशमा ८२९ जना छन्।
घरमै उपचार गराउनेमा प्रदेश १ मा ४२७, प्रदेश २ मा तीन हजार ८४७, बागमती प्रदेशमा एक हजार ६३२, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा ३८९, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा ११५ जना छन्।
प्रदेश १ मा तीन, बागमती प्रदेशमा १७ र प्रदेश ५ मा २ गरी २२ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

