खेलकुद

सिपिएलको पहिलो सेमिफाईनल खेल आज, सन्दीप आवद्ध टीम जमैका र ट्रिन्बागो भिड्दै

काठमाडौं, भदौ २३ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आजबाट सेमिफाईनल चरणका खेल सुरु हुदैछन् । प्रतियोगीताको पहिलो सेमिफाईनलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह र ट्रिन्बागो नाईट राईडर्स प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाईनलमा समुहचरणमा अपराजित रहेको टिन्बागो र चौथो स्थानको जमैका प्रतिस्पर्धा गर्न लागेका हुन् । ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार राती पौने ८ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।

सो खेलको बिजेताले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग बिहिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स आमने सामने हुनेछन् ।

जमैकाको मुख्य हतियारका रुपमा रहेका सन्दिप लामिछाने र मुजिवउर रहमान सेमिफाईनलमा पनि टोलीका मुख्य खेलाडीका रुपमा मैदान उत्रनेछन् । जारी सिजन सन्दिपले १२ विकेट हात पारिसकेका छन् ।