स्वास्थ्य

शनिबार थपिए एक हजार २०१ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २७ । नेपालमा शनिबार थप एक हजार २०१ जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित थपिएका छन् ।

आज थपिएको संख्यासँगै हालसम्म नेपालमा ५३ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा देशभर १० हजार १ सय ७६ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।