स्वास्थ्य

थप १३१३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७० हजार नाघ्यो

काठमाडौं, आसोेज ९ । नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १४५५ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५१ हजार ८६६ जना कोरोनामुक्त भएका छन्।

शुक्रबार थप ६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ सय ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।