राजनीति

हल्दिबारीमा बिभिन्न पाटि परित्याग गरि ३०० बढि नेकपामा प्रबेश

झापा, असोज ९ । झापा जिल्लाको हल्दिबारी गाँउपालिकामा बिहिबार ठूलो संख्यामा युवाहरु नेकपामा प्रवेश गरेका छन् । सामाजिक अभियान्ता अबिषेक खतिवडा सहित ३०० बढि युवाहरु नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवंम् क्षेत्र न.३ ख का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवंम् तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले टीका र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा झापाका सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले नेपाल कम्युनिस्ट पार्टी कस्तो पार्टी हो भन्ने कुरा अहिले हल्दीबारीमा भइरहेका विकासका कामहरुले प्रष्ट पार्ने बताए । उनले नेकपाले सबै युवाहरुलाई योग्यतामा र क्षमताको आधारमा व्यवस्थापन गर्ने र युबाहरु लाई अवसर दिने बताए । गिरी ले बिकास निर्माणको काम आफ्नो दुई तिहाईको सरकार भएकोले नेकपाले गरेको भएता पनि श्रेय विपक्ष पार्टीहरुले लिन खोजी रहेको र भ्रमको पछी कोहि नलागिदिनु हुन अनुरोध समेत गर्नु भएको छ । नेकपाले युबा पिडि अगुवाइ , दुखमा र समस्यामा परेकालाई सहयोग गर्ने र सहयोग माग्दै जो जहाँ बाट १२ बजे राती नै आफ्नो घरमा आए पनि सहयोग गर्ने बताउनु भएको छ ।

नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मी लगायतको उपस्थिति रहेको थियो।

नेकपामा नवप्रवेशी खतिवडा लामो समय देखि हल्दिबारीसंगै झापा जिल्लामा नै विभिन्न अभियान र कार्यक्रमको अगुवाइ गर्दै आएका थिए। अब उनीले सामाजिक साथै राजनीतिक गतिविधि मार्फत समाज बनाउने सोच बनाएर प्रवेश गरेको कुरा बताउनु भएको थियो।

कार्यक्रम नेकपा हल्दीबारी–३ का इन्चार्ज विष्णु प्रसाद ओलीको अध्यक्षतामा आयोजित भएको थियो। नेकपा झापा जिल्ला प्रचार प्रसार विभागका सदस्य सागर पोर्तेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य नेकपा हल्दीबारीका कार्यालय सदस्य महेशलाल मेचेले स्वागत मन्तव्य राखेका थिए ।