स्वास्थ्य

शनिबार एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २४ । नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५००८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। देशभर पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३ सय २० जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेका छन् ।

काठमाडौंमा उपत्यकामा मात्रै २६७२ नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १२२९ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।