झापा, असोज २९ । तीन जना स्वास्थ्यकर्मीसहित पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १९ महिला र ३५ पुरुष रहेका छन्।
स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला ३ पुरुष, बिर्तामोडका ७ महिला २३ पुरुष, अर्जुनधाराका ६ महिला ४ पुरुष, कन्काईका ७ महिला एक पुरुष, बुद्धशान्ती १ पुरुष, दमकका १ महिला २ पुरुष, कमल र गौरादहका १–१ पुरुष गरि ५४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये अर्जुनधारा २ र कन्काईका १ जना स्वास्थ्यकर्मी रहेको र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए।
झापामा हालसम्म संक्रमितको संख्या १२२१ पुगेको छ। जसमा ९१२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। २९७ जना सक्रिय संक्रमित हुँदा १२ जनाको निधन भइसकेको छ।

