युवराज आचार्य
झापा, मंसीर १४ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापा मेचीनगरका बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनि अहिले भोटिङ राउण्डको चरणमा टप १४ बाट टप १० मा छनोटको लागि सबैसंग भोट मागी रहेका छन् ।
जादुमय आवाजका कारण सर्वप्रिय बनेका बिशालदेवलाई नेपाल स्टार बन्न अब अत्याधिक भोटको खाँचो छ । त्यसैले उनले आहिले आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरिरहेका छन् । भोटिङ शनिबार राति ९ बजे देखी मंङ्गसीर १ गते सोमबार राती १२ बजे सम्म खुल्ला रहने छ ।

यस्तो छ भोट गर्ने तरिका :-
बिशालदेवलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर NS02 टाइप गरि 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । भोटिङ्ग गर्ने समय शनिबार बेलुकी ९ बजे देखि लिएर सोमबार रात को १२ बजे सम्म मात्र खुल्ला रहनेछ ।

