अन्य

मेचीनगर लेडी जेसीजको नेतृत्व शुशिला खतिवडालाई

बाहुण्डाँगी, २० मंसिर । मेचीनगर लेडी जेसीज २०२१ को अध्यक्षमा शुशिला ढकाल सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शनिवार शाखाको सचिवालयमा सम्पन्न ७ औँ वार्षिक साधारण सभाले खतिवडालाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष मञ्जु खनालले बताउनु भयो ।


शाखाको कार्यकारीणी उपाध्यक्षमा अनिता गुरगाई र शुभद्रा नेपाल,उपाध्यक्षहरुमा अनु कटुवाल, शर्मीला थापा, अनिता दाहाल र बबिता प्रसाई निर्वाचित भएका शाखा अध्यक्ष तुलसा दंगालले बताउनु भयो ।
बाँक पदमा भने पदहस्तान्तरण कार्यक्रममा मनोनित गरिने छ । कार्यक्रममा शाखाका संस्थापक कविता शर्मा, तथा पूर्व अध्यक्षहरु सुनिता पनेरु, टिका सुवेदी, शाखाकी मानार्थ सदस्य सिता गुरुंगलगायको समेत सहभागिता रहेको थियो ।