संघ \संस्था

नारायणगढ लेडी जेसीजको अध्यक्षमा सम्झना प्रधान निर्वाचित

बाहुण्डाँगी, २० मंसिर । नारायणगढ लेडी जेसीजको अध्यक्षमा सम्झना प्रधान निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको अधिवेशनले प्रधानलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा आशा श्रेष्ठ, गौरी गुरुङ र एलिना श्रेष्ठ, उपाध्यक्षहरुमा अनुराधा पन्त, रिता गौतम तन्दुकार, आकृति बराल निर्वाचित भएका २०१९ कि महासचिव अनु श्रेष्ठ अधिकारीले बताउनु भयो । उहाँका अनुसार यसैगरी, महासचिवमा लक्ष्मी केसी, कानुनी सल्लाहकारमा संगिता श्रेष्ठ, कोषाध्यक्षमा गोमा लुइँटेल, सहसचिवमा अनिता श्रेष्ठ र निर्देशकमा मानुश्रेष्ठ , गायत्री शर्मा र शान्ति श्रेष्ठ चयन भएका छन् ।