संघ \संस्था

मेचीनगर लेडीलाई सामुदायिक र बाहुण्डाँगी जेसीजलाई जेसीज आफ द अवार्ड

झापा, पुष ४ । नेपाल जेसीजको ४७ औँ महाधिवेशनमा मेचीनगर लेडी जेसीजलाई क्षेत्र क को सामुदायिक तर्फको उत्कष्ट शाखा र बाहुण्डाँगी जेसीजलाई जेसीज अफ द अवार्डबाट पुरस्कृत भएका छन् । भलबारी जेसीजको आतिथ्यतामा सम्पन्न महाधिवेशनको समापन समारोहमा नेपाल जेसीजले उक्त अवार्ड प्रदान गरेको हो ।

हरेक वर्ष अवार्ड प्राप्त गर्दै आएको मेचीनगरले विभिन्न कार्यक्रम सहित यो वर्ष मेचीनगर ९ मा एक बिपन्न परिवारको घर बनाएर सामाजिक क्षेत्रमा पुरयाएको उच्च योगदानको कदर गर्दै मेचीनगर लेडीलाई उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड शाखाकी अध्यक्ष तुलसा दंगालले ग्रहण गर्नु भएको थियो ।

यसैगरी, बाहुण्डाँगी जेसीजले जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । गत माघ महिनामा आयोजना गरिएको संगित तथा पर्यटन महोत्सवको मुल्यांकनको आधारमा बाहुण्डाँगीले अवार्ड प्राप्त गरेको हो । अवार्ड शाखाका अध्यक्ष सागर कार्कीले ग्रहण गर्नु भएको थियो । दुबै अवार्ड राष्टिय अध्यक्ष सिनेटर अशोक शंकरले ग्रहण गर्नु भएको थियो ।

समापन समारोहमा देशभरका दुई दर्जन शाखाहरुले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए ।