काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरवहदुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पनि मिलाएर संवैधानिक निकायहरुमा गरिएको नियुक्तिमा भागबन्डा गरेको खुलासा भएको छ ।
गोप्य रुपमा संवैधानिक निकायहरुमा गरिएको नियुक्तिमा नेपाली कांग्रेसँग भागबन्डा भएको खुलेको हो । ओलीले ४५ वटा पदमा नियुक्तिको सिफारिस गरेकोमा १६ पदमा कांग्रेसलाई कोटा दिइएको छ ।
अख्तियारको आयुक्तमा नियुक्त भएका पूर्व एआईजी जयबहादुर चन्द देउवाको कोटामा परेका हुन् । देउवाको सचिवालयले यसबारेमा खण्डन गरेपनि पत्याउने आधार देखिएको छैन। ओलीले प्रमुख आयुक्तमा भने आफु निकट पूर्व गृह सचिव प्रेमकुमार राईलाई सिफारिस गरेका छन।
त्यस्तै, आयुक्तमै नियुक्त भएका किशोर सिलवाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा परेको स्रोत बताउँछ । सिलवाल उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् ।
सिफारिस गरिएकामध्ये कम्तीमा ५ जना प्रधानन्यायाधीश जबराको नजिकका व्यक्तिहरू र ११ जना देउवा निकट रहेको खुलेको छ । यो खबर अनलाईन नेपालबाट

