राजनीति

अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा आज झापाको धुलाबारीमा प्रदर्शन (फोटो सहित)

मेचीनगर, पुस ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ झापाद्वारा संसद विघटनको विरोधमा आज झापाको धुलाबारीमा विरोध प्रदर्शन गरेका छन् । सयौंको संख्यामा युवा विद्यार्थी भेलाभई धुलाबारी मोड परिक्रमा गरि विरोध र्याली कोण सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपतिको कदम ’असंवैधानिक’, ’सर्वसत्तावादी’, ’राष्ट्रघाती संसद विघटन तत्काल फिर्ता गर’ जस्ता बिभिन्न प्लेकाड बोकेका थिए ।

विरोध र्याली तथा कोण सभामा नेकपाका नेता विपि भट्टराई, प्रितम काफ्ले, प्रकाश खड्का, राष्ट्रिय युवा संघ नेपालका सरोज मेहेरा, बिनोद मण्डल, रघु धिमाल, लुसन तिवारी, सोम ओझालगायत नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय युवा संघ झापा सदस्य राजु धिमालले सञ्चालन गरेको कार्यक्रममा अनेरास्ववियू जिल्ला संयोजक अनिल सुवेदी र सहसंयोजक दुर्गा धमलाले बोलेका थिए ।

प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति बिध्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि देशैभरि त्यसको चर्को बिरोध भईरहेको छ । अहिले प्रमुख प्रतिपक्ष, प्रतिपक्षसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता तथा कार्याकर्ताहरुले पनि त्यसको चर्को बिरोध गरिरहेका छन् ।