विविध

अभिषेकले वृक्षरोपण गरेर मनाए जन्मोत्सव

झापा, पुस ८ । हल्दिबारी गाउँपालिका का सामाजिक अभियान्ता अबिषेक खतिवडा अबिले वृक्षरोपण गरेर आफ्नो जन्म दिन मनाएका छन् । जन्मदिनको नाममा धेरै ले लाखौं रकम र फजुल खर्च गरेर साथीभाइसँग पार्टी मनाएर जन्मदिन मनाउने गरेको आफू लाई मन नपर्ने भएका ले खतिवडा सबैलाइ फाइदा हुने, परोपकारी कार्य र बिरुवा रोप्ने कार्य आफ्नो जन्म दिन मनाउदै आएको खतिवडाले बताए ।

खतिवडाले कमल–५ मा रहेको आफ्नो मामा घर मा वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाएका हुन् । मावली हजुरआमा कृष्ण कुमारी दाहाल, बुबा घनश्याम दाहाल मावलीआमा अम्बिका दाहाल, मामा रोशन दाहाल माइजू टीका ढकाल सहित खतिवडाले विभिन्न प्रजातिका बिरुवा रोपेका थिए ।अम्बा , अमला, पिपल टीक र केही स्थानीय रूखका बिरुवाहरू रोपेर खतिवडा ले आज जन्म दिन मनाएका छन् । यस बर्ष कारणबस टीका र पुजा गर्नु नभए पनि मावली घरमा यश पल्टको जन्म दिन मनाउन पाउदा त्यसमा पनि सबैको साथमा बिरुवा रोपेर मनाउनु मेरो लागि एक ठूलो अवसर र आफू भाग्यमानी रहेको महसुस हुँदै सँग खुशीयाली साटासाट गर्दै जन्मदिन मनाएको अनुभुती भएको खतिवडाले बताए ।

हल्दिबारीमा सामाजिक गतिविधि मा चर्चित रहेका खतिवडाले पहिलादेखि नै आफ्नो जन्मदिन मा फजुल खर्च गर्नु भन्दा बिरुवा रोप्दै , सरसहयोग गर्दै ,सरसफाइ गर्दै, र रक्तदान गरेर मनाउँदै आएको बताउँदै येस्ता रचनात्मक कार्य वातावरण, समाज र आफन्त सँग यसरी जन्मदिन मनाउँदा आफूलाई आनन्द आउने बताए ।