मेचीनगर, पुस ८ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा बाख्रा पालन सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
सेन्टरी युवा क्लब मेचीनगर–८ को आयोजनामा तथा मेचीनगर–८ वडा कार्यालयको आर्थिक सहयोगमा मेची विद्योदय प्राविको शभाहलमा सम्पन्न तालिममा बाख्रा पालन सम्बन्धी पशु प्राविधिक दिपक बरालले सहजिकरण गरेका थिए । तालिममा वडाका विभिन्न टोल विकास संस्थाका ५० बढी किसानहरुले सहभागीता जनाएका थिए ।

मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द धिमालको प्रमुख आथितियता रहेको कार्यक्रममा वडा सदस्यद्वय सन्तोष मेचे र गंगा पाठक, समाजसेवी बिष्णु भट्टराई, मेची विद्योदय प्रावि व्यवस्थापन समितिका अध्यक्ष गोविन्द लम्साल, सरस्वती टोल विकास संस्था क का अध्यक्ष गुरु खनाल, सरस्वती टोल विकास संस्था ख का अध्यक्ष धर्मलाल राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाकी अध्यक्ष हेमा रायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार बिष्णु भट्टराई र सञ्चालन सचिव तेजन राजवंशीले गरेका थिए ।

