विचार

अन्धबिश्वास र नेपाली समाज

लिजा भण्डारी
झापा, पुस १७ ।
अन्धविश्वास आफैमा एउटा जटिल बिषय हो जसलाइ स्पष्टता चाहिएको छ। अन्धविश्वास अर्थात् कुनै पनि कुरा माथी अन्धो भएर अथवा आँखा चिम्लेर बिश्वास गर्नु। ल ठिक छ त्यही बिश्वासले हामीलाई एक पटक दुई पटक साथ देला तर सधै भरी दिन सक्दैन कहिले न कहिले नराम्रो तरिकाले पछार्छ नै। अन्धविश्वास भनेको एउटा मनोबैज्ञानिक पक्षको कुरा हो जस माथी आधुनिक बिज्ञानले बिरोध गर्छ। यो अधुनिक दुनियाँमा धेरै बैज्ञानिक र प्राबिधिक बिकास भए बावजुद पनि अन्धविश्वासको प्रबिधि भने मानिसको जीवनबाट हराउन सकेको छैन। यहि बिश्वासले मनिसको सोचमा समेत नराम्रो असर परेको छ।

कतिपय मन्छेले आफू बिरामी पर्दा आफ्नो भग्यलाई दोष दिएको देख्दा म छक्क पर्छु। अब यस्लाइ बुद्धिमानी भनौ कि मुर्खता? अध्यन अनुसार धेरै मानिसहरुले आफुलाइ बिसन्चो हुनु कुनै दुष्ट नजरको परिणाम हो भन्ने कुरामा समेत बिश्वास गर्छन। मधुमेहका बिरामीहरुले पनि अन्धविश्वासकै कारण अफ्नो स्वस्थ्य बिगारी रहेका हुन्छन। यति मात्र नभएर उच्च रक्तचाप भएका बिरामीहरुले समेत तन्त्रमन्त्र र झारफुकमा बिश्वास गर्छन् भन्ने कुरा अगाडी आएको छ जस्ले चिकित्सा शिक्षा र त्यस्को निर्देशन मन्न तयार छैनन।

अन्धविश्वासी ब्यवहार अझै पनि हाम्रो समाजमा देखिन्छ। समानशास्त्रीहरुका अनुसार य्स्ता बिश्वासले हाम्रो समाजमा यति सम्म जरा गाडेको छ कि त्यसले अब मानव क्षति गर्न थाली सकेको छ। सामाजिक l र भावनात्मक दवावका कारणले नै समाजलै अन्धविश्वासको बाटाे तिर लग्छ। अझै पनि धेरै ठाँउमा बिरालोले बाटाे कट्नु, ऐना फुट्नु जस्ता कुरालाइ अपसकुन मनिन छोडिएको छैन।

नेपालमा मात्र नभएर यो अन्ध बिश्वास बिश्वभरि नै छ। जर्मनी, अमेरिका लगायत विकशित देशका मानिसहरु समेत अन्धविश्वासका पछि दगुर्ने गरेका रहेछन। अझ अफ्रिकाका मान्छेहरुले अौषधी उपचार ( medical treatment) भन्दा धेरै तन्त्रमन्त्रका कुरालाई मान्यता दिने रहेछन। अरु देशको के कुरा गर्नु? हाम्रै देशमा पनि कतिपय ठाँउमा महिनावारी भएका नारीहरुलाइ छाउँपडीको नाउमा छुट्टै रखिन्छ जुन कुराले गर्दा तिन्ले निकै कष्ट सहनु पर्छ र कतिले त आफ्नो ज्यान समेत गुमाएका छन। यति मात्र नभएर धेरै ठाँउहरुमा महिलालाई बोक्सीको आरोप लगाइ मानसिक तनाव पनि दिने गर्छ। कति पय त यस्को परिणाम स्वरुप कसैको ज्यान पनि जान सक्छ।

पुर्खा देखि नै जस्तै कुरिति चली आए पनि त्यस्लाइ एकै चोटीमा हटाउन सम्भब हुदैन। म आफू बुझ्ने भए देखि आजको दिन सम्मका कुरा गर्नु पर्दा धेरै परिवर्तन देखेकि छु। जस्तै कि पहिले जन्डिस भयो भन्ने थाहा भए पछि धामी झक्रीको मा गइ जन्डिस झार्न भन्ने थियोे। तर अहिले समय सङ्गै मान्छेले परिवर्तनको बाटाे रोजेर त्यस बेला पोषिलो खाने, राम्रो केयर, आराम चाहिन्छ भन्ने राम्रोसँग बुझ्न सकेका छन।

अहिलेको सन्दर्भमा हेर्नु पर्दा, पहिला देखिका कुरिती र अन्धविश्वासलाई चुनौती दिने चिकित्सा शिक्षाले आज अफैले निकै ठुलो चुनौतीको सामना गर्नु परि रहेको छ। तर पनि अझै सम्म हार भने मनेको छैन। सबैकुरामा एकैसाथ परिवर्तन ल्याउन नसके पनि आफुले जाने बुझेका कुरा अरुलाइ बुझाउन सकियो भने परिवर्तनको पहिलो खुड्किलो पार हुन सक्छ।