अर्थ

सांसद बानियाँद्वारा त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास

भद्रपुर, पुस १७ । प्रदेश नम्बर १ का सांसद वसन्त बानियाँले भद्रपुर नगरपालिका १ स्थित त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १५.४० मिटर लम्बाई र ८.४० मिटर चौडाइ रहेको सो पुलको सांसद बानियाँले शुक्रवार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन । रकमको कारण निर्माण कार्य अवरोध हुन नदिने प्रतिबद्धता Read More…

खेलकुद

फुटबलको मुख्य प्रशिक्षकमा अरुणा गुरुङ्ग नियुक्त

काठमाडौं, पुस १७ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबलको मुख्य प्रशिक्षकमा अरुणा गुरुङ्गलाई नियुक्त गरेको छ । राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी गुरुङ्गलाई राखेपले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि राखेपले फुटबल टिमको मुख्य प्रशिक्षकमा मिलान हाडालाई जिम्मेवारी दिएको थियो । राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिकले नवनियुक्त प्रशिक्षक गुरुङ्गलाई नियुक्तिको प्रमाण Read More…

विचार

अन्धबिश्वास र नेपाली समाज

लिजा भण्डारीझापा, पुस १७ ।अन्धविश्वास आफैमा एउटा जटिल बिषय हो जसलाइ स्पष्टता चाहिएको छ। अन्धविश्वास अर्थात् कुनै पनि कुरा माथी अन्धो भएर अथवा आँखा चिम्लेर बिश्वास गर्नु। ल ठिक छ त्यही बिश्वासले हामीलाई एक पटक दुई पटक साथ देला तर सधै भरी दिन सक्दैन कहिले न कहिले नराम्रो तरिकाले पछार्छ नै। अन्धविश्वास भनेको एउटा मनोबैज्ञानिक Read More…

खेलकुद

२०२१ को टी-२० वर्ल्ड कप भारतमा हुने

काठमाडौं, पुस १७ । भारतले २०२१ को टी-२० विश्वकप आयोजना गर्ने अवसर पाएको छ । एकातर्फ टोकियो ओलम्पिक र अर्कोतिर क्रिकेटको महाकुम्भले यस वर्ष खेलकुद प्रेमीका लागि खुशीयाली छाउनेछ । १४ वर्षपछि भारतले फेरि टी-२० आयोजना गर्ने अवसर पाएको हो । दक्षिण अफ्रिकामा भएको विश्वकपमा उपाधि जितेको थियो । भारतले अक्टोबर नोभेम्बरमा अब दोश्रो पटक Read More…

राजनीति

नेकपा फुटेको होईन, केही नेताहरु छुट्टिएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरु पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको बताएका छन् । शुक्रबार ३६ देशका प्रवासी नेपाली एकतामञ्चलाई भर्चुअल अलसम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभइ केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टीबाट अलग्गिएर छुट्टै सरकार बनाउने खेलमा लागेको बताएका हुन् । उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको Read More…

धर्म संस्कृती

आज राष्ट्रिय नेपाली टोपी दिवस

काठमाडौं, पुस १७ । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने Read More…

समाचार

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि

काठमाडौं, पुस १७ । राष्ट्रिय सभाको अधिवेशन शुक्रबार आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आजदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । शुक्रबार अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज सबै दलका नेताहरुले Read More…