हेटौँडा, २२ पुस । हेटौँडा लेडी जेसीजको अध्यक्षमा अन्जना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
आज सम्पन्न शाखाको निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित भएको हो । यस अघि उम्मेदवारीमा दावी विरोध परेपछि निर्वाचन आयोगल े निर्वाचन रोकेको थियो । उक्त निर्वाचन कार्यलाई विभिन्न माध्यबाट सुचना प्रकाशित गरी निर्वाचन कार्यलाई अघि बढाईको थियो ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा जुनु उप्रेती र दुर्गाकुमारी ठकुरी तथा उपाध्यक्षमा अनु कार्की, अनिता श्रेष्ठ, अमिताकुमारी चौधरी र अस्मिता पराजुली सर्वसम्मत भएका निर्वाचन अधिकृत सुष्मा लटौला खरेलले बताउनु भयो ।

दावी विरोध परेका उम्मेदवार निर्वाचन प्रकृयामा सहभागी हुन न आएपछी सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन आयुक्त खरेलले जानकारी दिइन् । कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षहरु अरुणा सिंह, निर्मला श्रेष्ठ, सुमित्रा श्रेष्ठ, अन्जना उपाध्याय, श्रद्धा शिलवाल, निशा रोक्का, अस्मिता श्रेष्ठलगायत सहभागी थिए । अध्यक्षमा चयन भएकी श्रेष्ठले नेतृत्व र व्यक्तित्व विकास सङ्गै सामाजिक कार्यमा कृयाशिल रहने प्रतिबद्धता जनाउनु भयो ।

