राजनीति

प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन : गृहमन्त्री थापा

दोलखा, पुस २४ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन् ।

दोलखा सदरमुकाम चरिकोटमा केपी ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले संसद पुनर्स्थापनाले थप अस्थिरता र प्रतिगमनलाई सहयोग पुर्‍याउने भएकाले प्रतिनिधि सभा पुनर्स्थापना नहुने दावी गरे ।

राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी चुनावमा होमिएको उनको भनाई थियो ।

‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन्’, उनले भने, ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ ।’