कला

नेहा कक्कर नेपाल आउँदै

काठमाण्डौं, चैत १९ । काठमाडौंमा प्रस्तुति दिनका लागि उनी नेपाल आउने भएकी हुन् । प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिने छिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ ।

पछिल्लो समय नेहाले रिमेक गरेको गीत ‘इसमे तेरा घाटा’ हिट छ । उनका आँख मारे, काला चश्मा, दिलबर लगायतका गीत पनि उत्तिकै हिट छन् । नेपालमा पनि नेहाका फ्यान छन् ।

Leave a Reply

Your email address will not be published.