खेलकुद

म्यानचेस्टर सिटी विजयी

काठमाडौं, माघ १ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका हुन् । यस्तै खेलको इन्जुरी समयमा रहिम स्ट्रर्लिङले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीले १६ खेलमा ३२ अंक जोडेको छ । ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।