खेलकुद

आठौंको उद्घाटन राष्ट्रपतिबाट, समापनमा प्रधानमन्त्री

काठमाण्डौं, चैत १९ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । प्रदेश नम्बर ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखको ५ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयले जानकारी दिएको छ ।

समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । गणतन्त्रको स्थापनासंगै राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट हुदै आएको छ । यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन र समापन बाँकेको नेपालगञ्ज रंगशालामा हुनेछ । प्रतियोगिता खेलहरु चैतको २७ गते सुरु हुने भएपनि औपचारिक उद्घाटन बैशाख ५ गते गरिनेछ । त्यस्तै प्रतियोगिताको समापन बैशाखको ११ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published.