संघ \संस्था

गछिया जेसीजको अध्यक्षमा रविन सिटौला

बाहुण्डाँगी, ४ माघ । गछिया जेसीजका लागि २०२१ को अध्यक्षमा रविन सिटौला निर्विरोध निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको सातौँ अधिवेशनले सिटौलालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षम कमलप्रसाद ढुङ्गाना र शान्तिराम श्रेष्ठ, उपाध्यक्षहरुमा प्रदीप खतिवडा, दीपा निरौला, चेतनाथ अधिकारी र लक्ष्मण दाहाल सर्वसम्वत निर्वाचित भएका छन् । शाखाको कानुनी सल्लाहकारमा मदन दाहाल, महासचिवमा रोशन खनाल, कोषाध्यक्षमा धुब्र निरौला र जनसम्पर्क अधिकारीमा पुष्पा ढुङ्गेललाई मनोनित गरिएको छ ।
अधिवेशन शाखाका अध्यक्ष मनोज रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।